FAQs Complain Problems

समाचार:

बिज्ञापन कर ठेक्का सुचना २०७४/७५

शिवसताक्षि नगरपालिका झापा

सुचना प्रकाशन मिति २०७४ अाश्विन ११ गते, विवेचना दैनिक चाैथाे पृष्ठ

https://www.bibechana.com/wp-content/uploads/2017/08/11-Asoj-2074-Wednes...

स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को दफा १६७ वमोजिम स्थानीय निकायले आन्तरीक आय सङ्गलनको लागि ठेक्का बन्दोबस्त गर्न सक्ने प्रावधान बमोजिम  र यस कार्यालयको राजश्व परामर्श समितिको मिति २०७४।०५।१८ गते बसेको बैठकको निर्णय नं. ३ अनुसार न्यूनतम अंक  रु २,५०,०००।०० (अक्षेरपी रु दुई लाख पचास हजार मात्र) मा नघटाई आ.व. २०७४/२०७५ वर्ष १ (एक) को लागि तोकिएका शर्तमा ठेक्का लिन चाहने इच्छुक व्यक्ति, फर्म वा सस्थाले रितपूर्वक गोप्य सिलवन्दी वोलपत्र पेश गर्न सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
    १. विज्ञापन कर ः

क) आफुले लिन चाहेको ठेक्काको डाक अंक नगरपालिकाले उपलव्ध गराएको फाराममा अंकमा र अक्षरमा स्पष्ट उल्लेख गरी वोलपत्र दाताले नाम ठेगाना लेखी सही छाप गरी सिलवन्दी बोलपत्र शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रथम पटक सूचना प्रकाशन भएको मितिले १६ (सोह«ौं) दिन दिनको १२ः०० बजे भित्र शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा बोलपत्र फाराम दर्ता गरिसक्नु  पर्नेछ । बोलपत्र फारम खरिद र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्टलाई क्रमानुसार अन्तिम दिन मानिनेछ ।
ख) दर्ता हुन आएका सिलवन्दी वोलपत्र बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थितिमा प्रथम पटक सुचना प्रकाशित भएको मितिले १६ (सोह्र) औं दिनको २ः०० वजे शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा खोलिने छ । बोलपत्र दाता वा निजको प्रतिनिधी उपस्थित नभए पनि वोलपत्र खोल्न वाधा पर्ने छैन ।
ग) ठेकेदारले नगरपालिकाले तोके बमोजिमको दररेटमा मात्र कर संकलन गर्न पाउने छ । करको दररेट आदि नगरपालिकामा आई वुझ्न सकिने छ ।
घ) सिलवन्दी वोलपत्रसाथ आफुले कवोल गरेको अंकको कम्तिमा ५ प्रतिशत धरौटी रकम शिव सताक्षी नगरपालिका नगर कार्यपालिका कार्यालयको नाममा राष्टिय वाणिज्य बैंक भद्रपुर शाखामा रहेको  धरौटी खाता न. २२१०३०३००७१०२ मा नगदै जम्मा गरी सक्कलै भौचर पेश गर्नु पर्नेछ  र बोलपत्र  फारम खरिदको लागि रु. १०००।०० यस नगरपालिकाको राजश्व शाखामा नगदै जम्मा गरि सो को नगदी रसिद पेश गर्नुपर्नेछ । बोलपत्र फारम खरिद सुचना प्रकाशित भएको मितिले १५ औ (पन्ध्र) दिन सम्म कार्यालय समयभित्र मात्र बिक्रि गरिनेछ ।
    बोलपत्र फारम खरिद गर्दा फर्म तथा सस्थाहरुले फर्म दर्ता प्रमाण, इजाजत पत्र, भ्याट दर्ता प्रमाणपत्र, आयकर चुक्ता प्रमाणपत्र (२०७२/७३) निवेदका साथ पेश गर्नुपर्नेछ । व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फारम खरिद गर्दा सम्बन्धित व्यक्ति आफै वा अधिकार प्राप्त प्रतिनिधिले मात्र खरिद गर्न पाउनेछ ।
ङ) ठेक्का सम्वन्धी कुनै कर, शुल्क, दस्तुर नेपाल सरकारलाई वुझाउनु परेमा ठेकेदार आफैले वुझाउनु पर्नेछ ।
च) नगरपालिकाले तोकेका शर्त पालना गर्नु पर्नेछ ।
छ) ठेक्का वक्यौता भएका, अदालतवाट तोकिएको सजाय भुक्तान गर्न बाँकी भएका व्यक्तिहरुले वोलपत्र पेश गर्न पाउने छैन ।
ज) ठेक्का स्वीकृत गर्ने वा नगर्ने अधिकार नगरपालिकामा सुरक्षित रहने छ ।
झ) ठेक्का स्वीकृत भएको ७ (सात) दिन भित्र स्वीकृत ठेकेदारले आफुले कवोल गरेको ठेक्का अंक वरावरको रकम शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको नाममा रा.वा. बैक को मुलकोष खाता नं. २२१०३०४०१८१०५ खातामा एकमुष्ट जम्मा गर्नु गर्नु पर्नेछ । कबोल अंक र अक्षर र अंक दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ , अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ ।
ञ) स्वीकृत ठेकेदारले रकम नवुझाएमा धरौटी वापतको रकम जफत गरि नियम वमोजिम ठेक्का वन्दोवस्त गरिने छ ।
ट) स्वीकृत ठेकेदारले करका दररेट सम्वन्धित स्थानमा सवैले देख्ने गरी सूचना पाटी वनाई राख्नु पर्नेछ । साथै सम्वन्धित स्थानको फोहोरमैलाको व्यवस्थापन समेत ठेकेदार स्वयम्ले गर्नु पर्नेछ ।
ठ) यस सम्वन्धी अन्य कुराहरु वुझ्नु परेमा नगरपालिकाको कार्यालयमा आई वुझ्न सकिने छ ।
ड) यसमा उल्लेख नभएका विषयहरुमा नगरपालिकाले तोके अनुसार प्रचलित कानुन वमोजिम हुनेछ ।