Photo Gallery

निजामती सेवा दिवस २०७४

निजामति सेवाको प्रतिद्धता , पारदर्शीता र चुस्तता भन्ने मुल नाराका साथ यस वर्ष झापामा १३ औ निजामति दिवस विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ । वुधबार भद्रपुरको लेखनाथ चौक देखि जिल्ला प्रशासन कार्यलय सम्मको सडकमा सरसफाई गरियो भने विहीबार स्वास्थ्य शिविरको आयोजना गरि यो दिवस मनाईयो । तिनसाता अघिको वाढी प्रभावित शिवसताक्षी नगरपालिकाको दक्षीणी वडा लाई लक्षीत गरि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हाे । शिवसताक्षी नगरको ४ र ५ को संयुत्तवडा कार्यलय जनता वजारमा १ हजार ३ सय ४७ जनाले स्वास्थ्य परिक्षण गरि सो सिविरबाट लाभ लिएका  छन ।
जिल्ला जनस्वास्थ्य कार्यलय भद्रपुर झापाले संयोजन गरेको सो शिविरमा स्वास्थ्य सेवा प्रदायक कार्यलयका रोग विशेसज्ञ चिकीत्सक सहितको टोलिले स्वास्थ्य परिक्षण गरेको थियो । शिविरबाट ३२० जनाले आँखाको परिक्षण गरेका थिए । मेचि आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखाका विरामिले परिक्षण गराएका हुन । यस्तै जिल्ला जन स्वास्थ्य कार्यलय झापाको परिवार नियोजन साखाको टोलिले प्रजनन् स्वास्थ्य सम्बन्धि रोगको परिक्षण गरेको थियो ।
दन्त रोग विशेसज्ञको टोलिले १ सय ५० जनाको दाँतको परिक्षण गरेको थियो । सो शिविरमा महिलाको पाठेघर मा हुने क्यान्सरको पनि परिक्षण गरिएको थियो । १ सय ५० महिलाले सो रोगको परिक्षण गराएका थिए । त्यसमध्ये २ जनाको पाठेघरमा क्यान्सरको संक्रमण भएको आसंकाकामा धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।
सो शिविरमा आङ खस्ने रोगको पनि परिक्षण गरिएको थियो । शिवसताक्षी नगरका ४९ जना महिलाले यस रोगको परिक्षण गराएका थिए । निजामति कर्मचारी दिवसको अवसरमा आयोजना भएको सो शिविरमा ८० जना ले यौन जन्य क्रियाकलाप वाट हुन सक्ने रोगको पनि परिक्षण गराएका थिए ।
मेचि अन्चल अस्पताल भद्रपुर, जिल्ला जन स्वास्थ्य कार्यलय झापा ,नेपाल परिवार नियोजन संघ, प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, सुरुङा लगायतका सेवा प्रदायक स्वास्थ्य संस्थाका चिकित्सकले सेवाग्राहिको स्वास्थ्य परिक्षण गरेका थिए । वाढी प्रभावित क्षेत्रमा आयोजना गरिएको यो शिवीरमा गौरिगञ्ज र कमल गाउपालिकाका स्थानियले पनि स्वास्थ्य परिक्षण गराएका छन ।
विहीबार विहानै देखि स्थानिय महिला काखका नानि पिठ्युमा च्यापेर पनि स्वास्थ्य परिक्षण गर्न शिवीरमा आएका थिए । जनताले गाँउ गाँउमा चुस्त र दुरुस्त सेवा पाउन भन्ने निजामति कर्मचारीको मुल मान्यता हो सेवाग्राहि अत्यन्तै सन्तुष्ट भएको पाइयाे ।
शिवसताक्षी नगरपालिका का प्रमुख चन्द्रकुमार शेर्माको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रम प्रमुख जिल्ला अधिकारी तिवारीको अध्यक्षता र शिवसताक्षी नगरका कार्यकारी अधिकृत पंकज भुर्तेलको संचालनमा भएको थियो ।

मिति २०७४भाद्र २३ गते विवेचना दैनिकमा यस निशुल्क स्वास्थ्य शिविरकाे समाचार प्रकाशित छ ।

शिवसताक्षी नगरपालिका

राहत विवरण प्रति व्यक्ति                    
क्र.सं    दाताको नाम    विवरण    इकाई    परिमाण    कैफियत
१    सहयोगि इन्जिनियर समुह    नगद    नगद    १००००    प्रतिव्यक्ति रु ५००
२    रुद्रागौरी श्री अम्बीका ओली प्रतिष्ठान, झापा    

      चामल    केजि    २५  
      दाल    केजि    २
        खाने तेल    लिटर    २   
        नुन    केजि    २
        न्युटेला    ग्राम    ४००    
        डटपेन    थान    २ 
        कापी    दर्जन    १    
        म्याट    मिटर    ४  
        आलु    केजि    द्द    
        च्युरा    केजि    ४    
३    युु.एन.एच.सि.आर. को सहयोगमा रेडक्रस झापा  

 त्रिपाल    थान    १    
   कम्बल    थान    १    
     भाडा सेट    थान    १    

मिति २०७४/०५/०४ गते राहत पाउने लाभग्राहिको विवरण        
क्र.सं    नाम    वडा न.
१    मनोज कुमार माझि    १
२    जित ब माझि    १
३    सटक माझि    १
४    मान ब दर्जी    ६
५    राम भगत मुसहर    ६
६    दुर्गा ऋषिदेव    ६
७    कलुवा ताजपुरिया    ६
८    कुण्ण ताजपुरिया    ६
९    विष्णु ताजपुरिया    ६
१०    भोटलाल ताजपुरिया    ६
११    केशु भट्टराई    ६
१२    शिवलाल राजवंशी    ६
१३    खगेन्द्र भण्डारी    ८
१४    भक्तमान थेगिम     ५
१५    कुवेर ताजपुरिया    ५
१६    जीवन वास्की    ५
१७    द्रोण हजाम    ६
१८    बुधकरण राजवंशी    ६
१९    चेमु राजवंशी    ६
२०   कृष्ण राजवंशी    ६

 

 

 

शिवसताक्षी नगरपालिका, शिवसताक्षी नगरपालिका

१    सार्वजनिक सुनुवाइ संयोजन गर्ने व्यक्तिको नाम, थर र ठेगाना
    विनोद सापकोटाः विवेचना दैनिक झापा, कार्यकारी सम्पादक
   चन्द्र कुमार सेलिङ्गः सतासी साप्ताहिक झापा, कार्यकारी सम्पादक
२    सार्वजनिक सुनुवाइ गरिएका विषयवस्तुहरु
        क) नगरपालिकाको दोस्रो चौमासिक बजेट तथा खर्च सार्वजनिक
        ख) नगरपालिकाको दोस्रौ चौमासिक भौतिक प्रगति
        ग) नगरपालिकाको दोस्रौ चौमासिक पञ्जिकरण प्रतिवेदन
        घ) नगरपालिकाको दोस्रौ चौमासिक सामाजिक सुरक्षा लाभग्राहिको तथ्याङ्क
        ङ) नगरपालिकाको दोस्रौ चौमासिक उजुरी तथा गनासो विवरण
        च) नगरपालिकाको दोस्रौ चौमासिक प्रशासन र नक्साफाट प्रगति विवरण
        छ) नगरपालिकाको दोस्रौ चौमासिक प्रमुख उपलब्धिहरु
        ज) नगरपालिकाको चुनौतिहरु
        झ) नगरपालिकाले समस्या समाधानमा गरेका पहलकदमीहरु
        ञ) नगरपालिकाको सिकाई
        ट) नगरपालिकाले नगरवासीसँग राखेका अपेक्षाहरु
३    कार्यक्रमको आयोजना स्थल
३    साविक सतासीधाम गाविस भवनको सभाहल
४    कार्यक्रम सञ्चालन गरिएको समयावधि (घण्टा÷मिनेटमा)
५    मिति २०७३÷११÷२९ गते दिनको ठिक ११ः०० देखी ०३ः०० सम्म (४ः०० घण्टा

सार्वजनिक सुनुवाइ कार्यक्रम, सार्वजनिक सुनुवाइ कार्यक्रम, सार्वजनिक सुनुवाइ कार्यक्रम, सार्वजनिक सुनुवाइ कार्यक्रम, सार्वजनिक सुनुवाइ कार्यक्रम

६७ अाै राष्टिय प्रजातन्त्र दिवस  शिवसताक्षी नगरपालिकामा उल्लेखनिय सरसफाइ अभियान

६७ अाै राष्टिय प्रजातन्त्र दिवस शिवसताक्षी नगरपालिका, ६७ अाै राष्टिय प्रजातन्त्र दिवस  शिवसताक्षी नगरपालिका सरसफाइ अभियान, ६७ अाै राष्टिय प्रजातन्त्र दिवस  शिवसताक्षी नगरपालिका सरसफाइ अभियान, ६७ अाै राष्टिय प्रजातन्त्र दिवस  शिवसताक्षी नगरपालिका सरसफाइ अभियान

शिवसताक्षी नगरपालिका वडा न २ दुर्गा पाञ्चायन देवीकाे मन्दिर अवस्थित छ र यससगै जालपादेवीकाे मन्दिर पनि रहेकाे छ ।

शिवसताक्षी नगरपालिका वडा न २ दुर्गा पाञ्चायन देवीकाे मन्दिर, जालपादेवीकाे मन्दिर

दुर्गा पाञ्चायन मन्दिर वडा न २

नाग पाेखरी

जालापादेवी माताताकाे मन्दिर

नाग पाेखरी वडा न २

नेपालको पूर्व भागमा रहेको जनकपुर पछिको प्रमुख तीर्थस्थल भनी प्रसिद्ध सतासीधाम समुद्र सतहबाट २८० देखि ३०० मिटरसम्मको उचाइमा ७६.५ वर्ग कि.मि. क्षेत्रभित्र फैलिएर रहेको छ । सतासीधाम दिगम्बेश्वर मन्दिर सतासीधाम गा.वि.स. वडा नं. ९ को सिमानामा अवस्थित छ । पूर्व पश्चिम राजमार्गको झिलझिलेबाट लगभग २ कि.मि. को दूरीमा चुरे पहाडसँगै अवस्थित सतासीधाम धार्मिक आस्थाका अतिरिक्त बनभोज जाने, फोटो खिच्ने र बिदाको समय उपभोग गर्न जाने उद्देश्यका लागि समेत उपयोग हुने गरेको पाईन्छ । विभिन्न किसिमका बोटबिरुवाका साथै आँपको बगैचाले घेरिएको यो क्षेत्र अत्यन्तै रमणीय रहेको छ ।

सतासीधाम क्षेत्रमा सताक्षी देवी दिगम्बेश्वर महादेव, हनुमान, गायत्री आदि मन्दिर र जसमुनी आश्रम पनि रहेको छ । सतासीधाम क्षेत्रको पूर्वमा सुरुङ्गा गाविस उत्तरमा इलामको महमाई गा.वि.स तथा दक्षिणमा शिवगञ्ज गाविसहरु पर्दछन् । रतुवामाई वृक्षारोपण आयोजनाद्वारा धामको दक्षिणमा वृक्षारोपण गरिएको छ भने पूर्व र पश्चिममा वन उपभोक्ता समितिको रेखदेखमा रहेको प्राकृतिक जंगल र उत्तरमा ईलाम जिल्लाको जंगलले घेरिएको छ ।

 

यहाँ मंसिर महिनामा वाला चतुर्दशीको अवसरमा तीन दिन सम्म र माघे संक्रान्तिको अवसरमा एक दिन मेला लाग्ने गरेको पाईन्छ । यस स्थानमा अन्य समयमा भने मंगलवार र शनिवार भक्तजनहरुको भीड हुने गरेको पाईन्छ । पौराणिक कालमा पाँण्डवहरु वनवासको समयमा यही स्थानमा हतियार लुकाएर विराटराजाको दरवार गुप्तवास बस्न गएरका थिए भन्ने किम्बदन्ती रहेको पाइन्छ । सतासीधाम क्षेत्रको उत्तरतर्फ रहेको पहाडमा पाईने ढुङ्गाहरु विभिन्न वीव जन्तुसंग मिल्दो जुल्दो आकार प्रकारका हुने गरेको पाईन्छ । मन्दिर नजिकै रहेको पानीमा तातो र नुनीलो गुण हुने र यसलाई औषधीको रुपमा लिने गरिएको समेत पाईन्छ ।

मन्दिरबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ । यहाँ रहेको रमणीय झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आरधना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई सताक्षी धाम भनिएकोमा पछि अपभ्रंश भई सतासीधाम भएको हो भन्ने भनाई समेत रहेको पाईन्छ । यस झरनाको उत्तरमा त्रिशुल अदि रहेको स्थानलाई पाथिभरा भन्ने गरिएको छ । सहस्र धारामा नुहाउनाले पाप नाश हुने जनविश्वास रहेको समेत पाइन्छ ।

सतासीधाम क्षेत्र वरिपरि अवस्थित जंगलमा विभिन्न दुर्लभ जडिबुटीहरु समेत पाइने भएकोले यस क्षेत्रमा सधैं साधुसन्तहरुको जमघट भईरहने गर्दछ । सतासीधाम देखि उत्तर माईनदीको किनारै किनार डांडोमा गएपछि अप्ठेरो भीरमा एउटा गुफा रहेको छ । गुफा भित्र शिवलिङ्ग जस्तो देखिने स्थान पनि छ । पाण्डवहरु गुप्तवासको समयमा भीमले लुकेर बस्ने ठाँउ बनाएको विश्वास गरीने यस स्थानमा हतपत कोही पनि नजाने भए पनि कहिलेकही साधु सन्तहरु भने बस्ने गरेको पाईन्छ ।

पूर्व–पश्चिम राजमार्गबाट केवल ५ कि.मि. को दूरीमा अवस्थित भए पनि यहां सम्म जाने बाटोको राम्रो ब्यवस्था भने हुन सकेको देखिदैन । यस अतिरिक्त विद्युत एवं भक्तजनहरुलाई आवश्यक सत्संग भवन समेतको ब्यवस्था गरिएको खण्डमा मन्दिर क्षेत्रमा भ्रमण गर्ने तीर्थयात्रीहरुको संख्यामा वृद्धि हुन सक्ने देखिन्छ । यस मन्दिर क्षेत्रमा हाल पनि प्रशस्त मात्रामा बनभोज खाने समुहहरु आउने गरेको पाईन्छ । हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आटेपछि भागेर लुकेको ठाउँ भनी सतसीधामलाई लिने गरिन्छ । साथै पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले अफ्नो सयवटा आँखाबाट एकैछोटि अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ ।

 

झिलझिले बजारबाट लगभग ४ कि.मीं उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासंग जोडिएको यस स्थानमा रहेको प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सतासी खोलाको एक स्थानको बीच भागमा लगभग २० मिटरभित्र मात्र निस्कने गन्धक–पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरु आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् ।

 

सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ । यसलाई पवित्र धार्मिक स्थल मानिन्छ ।

satakshi dham, सताक्षी धाम, सताक्षी धाम, सताक्षी धाम

Pages