FAQs Complain Problems

समाचार:

साैर्य सडकबत्ती सम्बन्धी बाेलपत्र अाव्हानकाे सुचना

शिवसताक्षी नगरपालिका कार्यालय झापाको सौर्य उर्जामा आधारित सडक       वत्ति जडान कार्यको आपूर्तिकर्ता छनौटका लागि आह्वान गरिएको सूचना
प्रथम पटक प्रकाशित मिति ः २०७३÷१०÷०२
चालु आ.व. ०७३÷०७४ मा यस नगरपालिका क्षेत्र भित्रका विभिन्न स्थानमा सौर्य उर्जामा आधारित सडक वत्ति जडान गर्नु पर्ने भएकोले तपसिल वमोजिमका योग्यता पुगेका आपुर्तीकर्ताहरुलाई प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
१.     आपूर्तिकर्ता वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमा सुचिकृत भएको हुनु पर्नेछ ।
२.    आपुर्तीकर्ताले प्राविधिक प्रस्तावको साथमा आ व ०७२÷०७३ को कर चुक्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण     पत्र व्यवसाय दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी साथै पेश गर्नु पर्नेछ ।
३.    जडान गर्नु पर्ने सडक वत्तीको स्पेशिफिकेशन तथा कोटेशन फारम यस कार्यालयबाट रु. १,०००।– एक हजार     तिरी (पछि फिर्ता नहुने गरी ) प्राप्त गर्न सकिनेछ । तोकिएको स्पेसिफिकेशन अनुसार सामान कति मुल्य     सम्ममा आपूर्ती र जडान गर्न सक्ने हो, सूचनाको म्याद भित्र आप्mनो दर रेट यस नगरपालिकामा शिलबन्द     गरी दर्ता गराउनु पर्नेछ ।
४.    प्रस्ताव पेश गर्दा प्राविधिक तथा आर्थिक प्रस्ताव छुट्टा छुटैृ सिलबन्दी गरी पेश गर्नु पर्नेछ । प्राविधिक प्रस्ताव     उत्तिर्ण गरी आर्थिक प्रस्तावमा सबै भन्दा कम कवोल गर्ने आपूर्तिकर्ताको प्रस्तावलाई आपूर्तिकर्ताको रुपमा     छनौट गरिनेछ ।
५.     आपुर्तीकर्तासँग एक जना इलेक्ट्रिकल इन्जिनियर र दुई जना सव–इलेक्ट्रिकल इन्जिनियर सहितको जनशक्ति     व्यवस्था भएको हुनु पर्नेछ ।
६.     आपूर्तिकर्तासँग कुल लागत्तको १÷६ Line of Credit हुनु पर्नेछ । 
७.    आपूर्तिकर्तासँग कम्तिमा २ वटा भ¥याङ र २ वटा मिनी ट्रक (भाडामा लिएको भए सम्झौता पेश गर्नु पर्ने)     हुनु पर्नेछ ।
८.    प्रस्तावदाताको फर्म वा कम्पनी स्थापना भर्र्ई संचालन भएको कम्तिमा पाँच वर्ष नाघेको हुनु पर्नेछ भने     सौर्य सडक बत्ती सम्बन्धी कम्तिमा तीन वर्ष अनुभव हुनु पर्नेछ  र प्रस्तावदाताको फर्म वा कम्पनीको     प्रबन्ध     पत्रमा सोलार सम्बन्धी काम गर्ने भनी उल्लेख भएको हुनु पर्नेछ । विगत पाँच वर्षमा २ वटा योजनामा     कम्तीमा ८५ वटा सोलार बत्ति जडान गरेको हुनुपर्ने छ । यसैगरी आपूर्तिकर्तासँग Turnover को हकमा     विगतको ५ वर्ष मध्ये सबैभन्दा वढि काम गरेको ३ वर्षको औषत रु ९०,००,०००(नब्वे लाख ) हुनुपर्नेछ । 
९.     इच्छुक आपूर्तिकर्ताले सूचना प्रकासन भएको मितिले ३० आंै दिन सम्ममा कार्यलय समय भित्र प्रस्तावसँग     सम्वन्धित कागजातहरु खरिद गरी सक्नुपर्ने छ । ३१ औं दिनको १२ बजे भित्र प्राविधिक तथा आर्थिक प्रस्ताव     दर्ता गरी सक्नुपर्नेछ सोही दिन दिनको ठिक २ बजे प्राविधिक प्रस्ताव खोलिनेछ । प्रस्ताव खोल्ने     समयमा प्रस्तावदाताहरुको उपस्थिति नभए पनि प्रस्ताव खोल्न सकिनेछ ।
१०.    अन्य कुराहरु प्रचलित कानून अनुसार नगरपालिकाले निर्णय गरे बमोजिम हुनेछ । यस सम्वन्धी सम्पूर्ण     अधिकार यस नगरपालिकामा निहित रहनेछ । 
११.    यस कार्यालयको फोन नं. ०२३–४७०३२३ मा सम्पर्क राखी योजना शखाबाट थप जानकारीका लागि लिन     सकिनेछ । 

Supporting Documents: